आजदेखि अनशन बस्दै डा. गोविन्द केसी
अखबार टुडे
प्रकाशित:
२०७९, २७ भाद्र

काठमाडौं, २७ भदौ । डा.गोविन्द केसीले आजदेखि धनगढीबाट २० औँ सत्याग्रह सुरु गर्ने भएका छन् । आफुले अघि सारेको ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् ।

उनले आज (सोमबार) बेलुकीदेखि अनशन बस्नेछन् । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।

यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै दुई साताका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया