एसिया कपको उपाधि जितेको श्रीलंकालाई करोडौं पुरस्कार
अखबार टुडे
प्रकाशित:
२०७९, २७ भाद्र

काठमाडौं, भदौ २७ (एजेन्सी) । युएईमा गए राती सम्पन्न एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले छैठौं संस्करणको उपाधि जितेको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १४५ रन मात्र बनाउन सक्यो ।

च्याम्पियन बनेको श्रीलंकाले ट्रफीसहित १ लाख ५० हजार अमेरिकी डलर (करिब एक करोड ९१ लाख) पुरस्कार पाएको छ । उपविजेता बनेको पाकिस्तानले ७५ हजार डलर (करिब ९५ लाख ३६ हजार) पुरस्कारमा चित्त बुझायो ।

त्यसैगरी प्लेयर अफ दि टुर्नामेन्ट श्रीलंकाका वानिन्दु हसरंगाले १५ हजार डलर (१९ लाख ७ हजार) प्रप्त गरेका छन् । प्लेयर अफ दि म्याच बनेका श्रीलंकाकै भानुका राजापाक्षेले ५ हजार डलर (करिब ६ लाख ३६ हजार) प्राप्त गरे ।

प्रतिक्रिया