विद्यालय हिंडेका बुटवलका ३ बालक मुम्बईमा भेटिए
अखबार टुडे
प्रकाशित:
२०७९, २६ भाद्र

बुटवल, २६ भदौ । सम्पर्कविहीन बुटवलका ३ बालक मुम्बईमा भेटिएका छन् । विद्यालय जान्छु भनेर हिंडेका उनीहरू मुम्बई आफन्तकोमा भेटिएको रुपन्देही प्रहरीले जनाएको हो ।

बुटवल उपमहानगरपालिका–११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिंडेका थिए ।

तर, उनीहरू त्यस दिन विद्यालयमा हाजिर नभएको र साँझसम्म घर पनि फर्केनन् । विद्यालय हिंडेका उनीहरू परिवारसँग सम्पर्कविहीन भए । शनिबार साँझसम्म उनीहरू सम्पर्कमा आएनन् ।

कसैको पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले खोजी सुरु ग¥यो ।

बेपत्ता तीनैजना समीर लम्सालको बुबाले रोजगारी गर्ने ठाउँ मुम्बइमा पुगेका र उनीहरू सुरक्षित रहेको सागरका मामा राजु पन्थीले प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

उनीहरू आफैं मुम्बई गएका हुन् वा अरु कसैले लगेको हो भन्ने अझै खुलिनसकेको उनले बताए । अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया