रुसको कब्जाबाट खोस्यो युक्रेनी सेनाले आफ्नो सहर
अखबार टुडे
प्रकाशित:
२०७९, २६ भाद्र

काठमाडौं, २६ भदौं । युक्रेनी सेनाले आफ्नो केही पूर्वी सहरलाई पुनः नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार युक्रेनका सेनाले कुपिनास्क सहरलाई आफ्नो नियन्त्रणमा लिएका हुन् ।

युक्रेनका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार पूर्वी आपूर्तिका लागि यो सहर निकै महत्वपूर्ण मानिएको छ । जसन सहर शनिबार युक्रेनी सेनाले आफ्नो नियन्त्रण लिन सफल भएको हो ।

रुसको रक्षा मन्त्रालयले यो समाचार आएसँगै आफ्नो सेनाले पनि पुनः संगठित भएर आक्रमण बढाउनले बताएको जनाएको छ । मन्त्रालयले आफ्ना सेना तेस्रो प्रमुख सहर बालाक्लियाबाट फिर्ता भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

गत अप्रिलमा रुसी सेना किभबाट फिर्ता भएयता युक्रेनी सेनाको यो सबैभन्दा ठूलो उपलब्धि भएको पनि समाचारमा जनाइएको छ ।

शनिबार राति एक भिडियो जारी गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई हजार वर्गकिलोमिटरको भू–भाग स्वतन्त्र गरेको दाबी गरेका छन् । रुसी सेना इजुएम सहरबाट फिर्ता हुनु युक्रेनको लागि महत्वपूर्ण रहेको बीबीसीलगायतका समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

उक्त सहर रुसी सेनाको लागि प्रमुख सैन्य केन्द्रको रुपमा रहेको थियो । इजुएम र बालाक्लिया सहरको सेनालाई डेनोट्समा फिर्ता गरिएको रुसले दावी गरेको हो ।

प्रतिक्रिया