राजेशपायलले ‘सावनको भेल जस्तो’ गजल गाए (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २५ भाद्र

काठमाडौं, २५ भदौं । गीतकार तथा गजलकार डब्बु क्षत्रीको रचना तथा लोकप्रिय गायक राजेशपायल राईको स्वरमा गजल ‘सावनको भेल जस्तो’को भिडियो दर्शकमाझ आएको छ ।

डब्बु क्षत्रीले एक समयको लोकप्रिय गलज मानिएको ‘सावनको भेल जस्तो’को लामो समयपछि भिडियो निर्माण गरिएको हो । यो गजल क्षत्रीको झरी गीति÷गजल संग्रहमा समावेश छ ।

हजारौँ गीत गाएका राजेशपायल राईले योभन्दा अघि गजलमा स्वर दिएका थिएनन् । क्षत्रीको सावनको भेलजस्तै नै आफ्नो स्वरमा रेकर्ड भएको पहिलो गजल भएको राजेशपायलले बताए । यो गजललाई जुगल डंगोलले स्वर दिएका छन् । गजलमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् ।

गीतकार क्षत्रीकै निर्देशनमा तयार भएको यस भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका तथा मोडल सरिता भारतीको अभिनय रहेको छ । भिडियोमा यी दुईको अभिनय आकर्षका छ ।

टंक केसी र ज्ञानु राईले छायाँकन गरेको यो म्युजिक भिडियोको कोरियोग्राफी सुवास बुढाथोकीले गरेका हुन् । बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । विलक्षण क्रियसन प्रा.लिद्धारा निर्मित यो गीतको भिडियोलाई विन्ध्यवासिनी म्युजिकको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

डब्बु क्षत्रीले झरी सम्बन्धि गजलहरु समेटेर गजल संग्रह ‘झरी’ केही वर्षअघि बजारमा ल्याएका थिए । त्यतिबेला झरीको यो गजलले विन्ध्यवासिनी म्युजिक अवार्ड, नेशलन गजल अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड जितेको छ ।

प्रतिक्रिया