सन्दिप लामिछाने सीपीएलबाट बाहिरिए
अखबार टुडे
प्रकाशित:
२०७९, २४ भाद्र

काठमाडौं, २४ भदौ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् ।

एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्लब जमैका तलवाजले टोलीबाट हटाएको हो ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले बिहिबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सीजनको सिपिएलका कुनै पनि खेलमा सहभागी नहुने जनाएको छ ।

जमैका तलवाजले शनिबार ट्रिनबागो नाइट राइडर्स विरुद्धको खेलका लागि तयार पारेको सूचीमा सन्दिपको नाम नराखेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । क्लबले सम्झौता खारेज गरेपछि अब सन्दिपले तत्काल जमैका छाड्नुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

केन्याविरुद्धको क्रिकेट श्रृंखला खेल्न जानुअघि सन्दिपले आफूलाई बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले गौशाला प्रहरी वृत्तमा उजुरी दिएपछि क्रिकेटर सन्दिप अपराध अनुसन्धानमा तानिएका छन् ।

नेपाल प्रहरीले सन्दिपविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । साथै नेपाल क्रिकेट एसोसिएशनले सन्दिपलाई नेपाली राष्ट्रिय टोलीको कप्तानबाट समेत हटाईसकेको छ ।

प्रतिक्रिया