नेपाली सेनामा ४ हजार जनालाई जागिरको अवसर
प्रकाशित:
२०७९, २४ भाद्र

काडमाडौं, २४ भदौ । नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आव्हान खुलाएको छ ।
देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी सेनाले दरखास्त आव्हान गरेको हो ।
दरखास्त भदौ २४ देखि असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ । दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
यसका लागि शैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रूपमा असक्त/मृत्यु भएका नेपाली सैनिकका सन्तती, खुला र समावेसीतर्फ ४ हजार माग गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
