यसरी गरियो हनुमान ढोका परिसरमा सामूहिक कुमारी पुजा (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७९, २३ भाद्र
  • तस्बिर/हरि गोपाल प्रधान

काठमाडौं, २३ भदौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा बिहीबार सामूहिक कुमारी पूजा गरिएको छ ।

प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी पूजा गरिँदै आएको छ । विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ । कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै कुमारी पूजा गर्दा उनीहरु रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको स्थानीयहरुको भनाई छ ।

पूजासँगै त्यहाँ सहभागी कुमारीहरुलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया