१०० सिट पाएनौं भने विद्रोह हुन सक्छ : शेखर कोइराला
अखबार टुडे
प्रकाशित:
२०७९, २३ भाद्र

जनकपुरधाम, २३ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १०० सिट पार्टीले नपाए विद्रोह हुन सक्ने बताएका छन् ।

बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट नपाएमा नेपाली कांग्रेसभित्र विद्रोह हुन सक्ने बताएका हुन् ।

१६५ प्रतिनिधिसभा क्षेत्रमा एक्लै उठ्ने हो भने पनि कांग्रेसभित्र आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो रहेको उल्लेख गर्दै कोइरालाले गठबन्धन गर्दा कम्तीमा पनि १०० क्षेत्र कांग्रेसले लिनुपर्ने बताए ।

उनले भने, ‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुप¥यो । नत्र बहुमत कहाँबाट बन्छ ? । १६५ सिटमा हामी उठ्यौं भने आकांक्षी नपुग्ने अवस्था छ । त्यसैले नेपाली कांग्रेसभित्र विद्रोह हुन सक्छ ।’

तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन् । उनले सरकार बनाउन मात्र गठबन्धन गर्नेबारे सोचेको भए भविष्यमा सबै अप्ठेरोमा पर्ने धारणा राखे ।

प्रतिक्रिया