रुस नियन्त्रित बस्तीहरु पुनः युक्रेनी कब्जामा
अखबार टुडे
प्रकाशित:
२०७९, २३ भाद्र

काठमाडौं, २३ भदौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गरेका छन् ।

उनले रुसी सेनाले नियन्त्रणमा लिएका देशको उत्तरपूर्वी खार्किभ क्षेत्रका धेरै बस्तीहरु फिर्ता गरेको दाबी गर्दै त्यसलाई सुखद समाचारको संज्ञा दिए ।

‘यस साता हामीलाई सँग खार्किभ क्षेत्रबाट शुभ समाचार आएको छ, जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, ‘अहिले युक्रेनी भूभाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन ।’

पछिल्ला दिनमा खार्किभ क्षेत्रमा युक्रेनी सेनाले एकपछि अर्को सफलता प्रदर्शन गरेको पर्यवेक्षकहरुले जनाएका छन् । सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने,’मलाई लाग्छ कि हरेक नागरिकले हाम्रा सेना प्रति गर्व महसुस गर्छन् ।’

बीबीसीका अनुसार उनले विशिष्ट सैन्य एकाइहरूको नाम लिए र लडाइँमा उनीहरूले देखाएको बहादुरीको प्रशंसा गरे ।

प्रतिक्रिया