कानुनी सहयोग गर्न क्यानलाई सन्दीपको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, २३ भाद्र

काठमाडौं, २३ भदौ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् ।

जबरजस्ती करणीको आरोप लागेपछि लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका हुन् ।

क्यान सचिव प्रशान्त विक्रम मल्लले भने, ‘सन्दीपले कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ ।’

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । उजुरीपछि प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए ।

हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीप सीपीएल खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।

प्रतिक्रिया