दशैंका लागि असोज १ गतेबाट अग्रीम टिकट बुकिङ खुल्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २२ भाद्र

काठमाडौं, २२ भदौ । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागले सो निर्णय गरेको हो ।

टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ । दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्यक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ ।

योसँगै सर्वसाधारण नागरिकले असोज १ गतेदेखि नै सार्वजनिक यातायातको टिकट काट्न पाउने छन् । साथै, मंगलबारको बैठकले यातायात व्यवसायीसँग ९ बुँदे सहमति पनि भएको छ ।

प्रतिक्रिया