यी ६ देशले गर्छन प्रशान्त महासागरमा सबैभन्दा धेरै फोहर
अखबार टुडे
प्रकाशित:
२०७९, २१ भाद्र

काठमाडौं, २१ भदौ (एजेन्सी) । प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिशतभन्दा बढी तैरिरहेको फोहोर ६ वटा देशबाट जम्मा हुने गरेको देखाएको छ ।

एउटा नयाँ अनुसन्धानले प्रायः फोहोर जापान र चीनमा अत्यधिक माछा मार्ने पक्रियाबाट जम्मा हुने गरेको पाइएको छ ।

महासागर सफाई परियोजना र वासिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले वैज्ञानिक रिपोर्ट जर्नलमा प्रकाशित गरेको रिपोर्ट अनुसार उत्तर प्रशान्त महासागरमा हाल हजारौं टन तैरिरहेको प्लास्टिकको फोहोरले ढाकिएको छ ।

फोहर फैलिएको क्षेत्रलाई उत्तर प्रशान्त गार्बेज प्याच (एनपीजीपी) भनिएको छ । फोहोरको ठूलो अंश माछा मार्ने जाल र डोरी रहेको अध्ययनले देखाएको छ । बाँकी फोहर प्रायः कडा प्लास्टिक वस्तुहरू र टुक्राहरू मिलेर बनेको छ ।

अध्ययनअनुसार महासागरमा जम्मा तैरिने फोहरमध्ये ३३.६ प्रतिशत जापान, ३२.३ प्रतिशत दक्षिण कोरिया र ९.९ प्रतिशत अमेरिकाको रहेको छ । त्यस्तै, ६.५ प्रतिशत ताइवान र ४.७ प्रतिशत फोहरमा क्यानडा जिम्मेवार छन् ।

प्रतिक्रिया