चिचिन्डोको तरकारी सेवन गर्दा यस्ता छन् फाइदाहरु
अखबार टुडे
प्रकाशित:
२०७९, २१ भाद्र

काठमाडौं, २१ भदौं । नेपालको अधिकांश भूभागमा फल्ने चिचिन्डो स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । चिचिन्डो एक प्रकारको जडीबुटीका साथै नेपाली भान्छाको राम्रो शब्जी हो । प्राय; वर्षायाममा पाइने चिचिन्डो खानामा स्वादिस्ट मात्र नभएर यसले स्वास्थ्यका लागि अनेकौं फाइदा गर्ने विभिन्न अनुसन्धानहरुले देखाएको छ ।

चिचिन्डोको सेवन थुप्रै औषधीय गुणहरूको लागि गरिछ । चिचिन्डोका लहरा धेरै लामा हुन्छन्, जसमा धेरै हाँगाहरु हुन्छन् । जसका कारण यो चारैतर्फ फैलिने गर्दछ ।

चिचिन्डोको फाइदाहरु
कब्जियतलाई आराम
: चिचिन्डोको शब्जी कब्जियत भएका बिरामीका लागि लाभदायक हुन्छ । चिचिन्डोको पात तथा फलबाट बनेको शब्जीले पाँचन प्रणालीको सुधार गर्दछ । साथै यसमा प्रशस्तरुपमा पाइने फाइबरका कारण कब्जियतको समस्यालाइ निर्मुल गर्दछ ।

क्षयरोगको लागि उपयोगी : चिचिन्डोमा भएका विशेष खनिज तत्वका कारण यसले क्षयरोगको जोखिम गर्दछ । यसको नियमित रुपमा सेवन गर्दा क्षयरोगका विभिन्न लक्षणहरुलाई कम गर्दछ । यसमा पाइने एन्टिब्यक्टेरियल तत्वले छातीका विभिन्न संक्रमणहरुलाई कम गर्दछ ।

छालाको संक्रमणबाट बचाउने : चिचिन्डो एक हरियो साग शब्जी हो, जसमा प्रशस्त भिटामिन ए, बि ६, सी र ई पाइन्छ । यसको नियमित सेवनले छालाको समस्यालाई मात्र नभएर हांडजोर्नीका समस्यालाई पनि ठिक पार्ने गर्दछ ।

प्रतिरक्षा प्रणालीको विकास : चिचिन्डोको शब्जीलाई दैनिक रुपमा सेवन गर्दा थुप्रै किसिमका खनिज तत्व पाइन्छ । जस्तै भिटामिन ए, बि ६, सी र इ जसले प्रतिरक्षा प्रणालीलाई सुधार गर्नुका साथै बलियो बनाउँदछ ।

किटो डाइट तथा मुटुरोगको लागि फाइदाजनक : चिचिन्डोमा कोलेस्ट्रोलको मात्रा एकदम कम हुनेगर्दछ, जसले शरीरको रगतबाट अनावश्यक सोडियमको मात्रालाई कम गरी मुटुको स्वास्थ्यलाई ठिक राख्दछ । चिचिन्डोलाई अहिले मानिसहरुले किटो डाइटमा पनि समावेश गर्ने गरेका छन् । चिचिन्डोमा पाइने कम कार्भोहाइड्रेट र क्यालोरीका कारण महिलाहरुको किटो डाइटमा चिचिन्डो एक सर्वश्रेष्ठ शब्जी बनेको छ ।

प्रतिक्रिया