दशैं महोत्सवमा झुम्ने भो दशरथ रंगशाला, यी कलाकारले नचाउँने छन् दर्शक
अखबार टुडे
प्रकाशित:
२०७९, २१ भाद्र

काठमाडौं, २१ भदौ. । नेपालीहरूको महान पर्व बडा दसैँको अवसरमा काठमाडौंको दशरथ रंगशालामा बृहत्त सांगीतिक महोत्सवको आयोजना हुन भएको छ ।

यही आउँदो असोज १५ गते शनिबारका हुने महोत्सवमा दी एज ब्यान्ड, नितेशजंग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्डलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ ।

२० हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको उक्त सांगीतिक महोत्सव, यस दशककै भव्य हुने लक्ष्य राखिएको छ । महोत्सवले सहरी युवा वर्गमा बडा दसैँको प्रवर्द्धन गर्दै एकताको सन्देश दिने र बर्षौदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने विश्वास राखिएको छ ।

साथै, दसैँ महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेस्टुरेन्टमा डिनर प्याकेज, भिआइपी एक्सेस लगायतका पुरस्कारहरू पाउनेछन् ।

विगत दुई दशकदेखि काठमाडौं लगायत नेपालका प्राय सहरहरूमा विभिन्न कन्सर्ट, सडक महोत्सवलगायत कार्यक्रमहरू गर्दै आएको पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेण्डली मिडियाले संयुक्त रूपमा सांगीतिक महोत्सवको आयोजना गर्न लागेका हुन् ।

प्रतिक्रिया