सर्वसाधारणलाई भदौ २९ देखि नयाँ नोट सटही सुविधा
अखबार टुडे
प्रकाशित:
२०७९, २० भाद्र

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

दसैँ, तिहार र छठका लागि सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

विभागका अनुसार गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एक÷एक वटा बन्डल हो ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

प्रतिक्रिया