सात दिनभित्र कर तिर्न ७ क्यासिनोलाई काठमाडौं महानगरको अल्टिमेटम
अखबार टुडे
प्रकाशित:
२०७९, १९ भाद्र

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले ७ वटा क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर नतिरे कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरले आइतबार सात वटा क्यासिनोलाई पत्र लेख्दै कर बुझाउन अल्टिमेटम दिएको हो ।

आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म कर नबुझाएको भन्दै प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण बुझाउन महानगरले ताकेता गरेको छ । यस्तै नियमअनुसार लाग्ने जरिवानासमेत सात दिनभित्र बुझाउन महानगरले भनेको छ ।

आइतबार एक पत्र पठाउँदै महानगरले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल ¥याडिसनको क्यासिनो ¥याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।

यी क्यासिनोले ७ दिनभित्र कर चुक्तता नगरे महानगरको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरीने महानगरले चेतावनी दिएको छ ।

प्रतिक्रिया