प्रणाली बदल्न चुनावपछि सडकमा जान्छु : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, १९ भाद्र

काठमाडौं, १९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने बताएका छन् ।

समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ।

उनले भने, ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु । सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसनरी बदल्न जनताको बीचमा जानुको विकल्प छैन ।’

प्रचण्डले अहिलेको निर्वाचन प्रणाली कायमै राखेर भ्रष्टाचारमुक्त, विचलन र विकृतिमुक्त समाजको कल्पना गर्न सम्भव नभएको बताए । उनले थप भने, ‘यो निर्वाचन प्रणालीले दलाल पुँजीपति, भ्रष्टहरुलाई नै अगाडि ल्याउँछ । पार्टी र नेतालाई पनि थाहाइ नपाइकन भ्रष्टिकरणतर्फ लान बाध्य पार्छ यो निर्वाचन मेसिनरीले।’

प्रतिक्रिया