पर्यटनमन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्ड पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १९ भाद्र

काठमाडौं, १९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न आग्रह गर्ने एकजना सुरक्षागार्डलाई पक्राउ गरेको छ ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरेका गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङलाई पक्राउ गरेको हो ।

मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ ।

बायोमेट्रिक्सको कामका लागि छाया सेन्टरमा पुगेका मन्त्री श्रेष्ठलाई श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए । मन्त्रीका पिएसओले उनी मन्त्री भएको बुझाउन प्रयास गर्दा पनि उनी नमानेको बताइएको छ ।

उनले जो मानिस भए पनि लाइनमा बस्नु पर्ने बताएपछि त्यहाँ धकेलाधकेलको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया