टिकटक बनाउने क्रममा भीरबाट खसेर युवकको मृत्यु
प्रकाशित:
२०७९, १९ भाद्र
दाङ, १९ भदौ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–३ साततलेस्थित सडक छेउमा शनिबार राति साढे ८ बजे टिकटक बनाउने क्रममा भीरबाट खसेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लका अनुसार उनी तुलसीपुर–७ भुँयारथान बस्ने ३४ वर्षीय नवीन केसी हुन् ।
घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पु¥याइएका उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
शनिबार उनी एक जना साथीसँग वडा नम्बर ३मा पर्ने हरनेतीमा घुम्न गएका थिए । रा ५ प ७२६८ नम्बरको बुलेट बाइकमा नवीन र उनका ३० वर्षीय साथी भीम विक घुम्न हिँडेका थिए ।
प्रतिक्रिया