बाइडेन देशकै शत्रु हुन्: पूर्वराष्ट्रपति ट्रम्प
अखबार टुडे
प्रकाशित:
२०७९, १९ भाद्र

काठमाडौं, १९ भदौ (एजेन्सी) । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनलाई देशकै शत्रु भनेका छन् ।

शनिबार पेन्सिल्भेनियाको एक चुनावी ¥यालीमा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले बाइडेनिवरुद्ध खनिएका हुन् ।

व्युरोले अगस्ट ८ मा छापा मारेको थियो । ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले कसैले कहिल्यै नदेखेको परिणाम ल्याउने चेतावनी दिए ।

ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको योभन्दा ज्वलन्त उदाहरण केही हुन सक्दैन् । जतिबेला केही साताअघि प्रशासनले शक्तिको चरम दुरुपयोग गर्यो ।’

ट्रम्पले यस हप्ता राष्ट्रपति बाइडेनको भनाइको पनि चर्को आलोचना गरे । एक कार्यक्रममा बाइडेनले ट्रम्पप्रति संकेत गर्दै भनेका थिए, ‘पूर्ववर्ती र रिपब्लिकन समर्थकहरूले हाम्रो गणतन्त्रको जगलाई खतरामा पार्ने अतिवादको प्रतिनिधित्व गर्छन् ।’

ट्रम्पले यसलाई अमेरिकी राष्ट्रपतिले दिएको सबैभन्दा खराब, घृणित र विभाजनकारी भाषण भनेर आलोचना गरे । उनले थप भने, ‘उनी राज्यको शत्रु हो । तपाईं सत्य जान्न चाहनुहुन्छ ?। राज्यको शत्रु उहाँ हो ।’

प्रतिक्रिया