चीनसँग तनाव बढिरहँदा ताइवानलाई १.१ अर्ब डलरको हतियार सहयोग गर्ने अमेरिकाकाे घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, १८ भाद्र

काठमाडौं, १८ भदौं । संयुक्त राज्य अमेरिकाले ताइवानलाई नयाँ हतियार सहयोग गर्ने जनाएको छ । चीनसँग बढ्दो तनावबीच टापुको प्रतिरक्षा गर्नलाई भन्दै अमेरिकाले शुक्रबार ताइवानलाई १.१ अर्ब अमेरिकी डलर बराबरको हतियार प्याकेज सहयोग गर्ने घोषणा गरेको हो ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो । अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

उनले भनेका छन्, ‘हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौँ ।’

ताइवान मामिलामा चीन र अमेरिकाबीच पनि तनाव बढ्दै गएको छ । पेलोसीको ताइवान भ्रमणलगत्तै चीनले शैन्य अभ्यास गरेको थियो । उक्त शैन्य अभ्यासलाई लिएर अमेरिकाले खरो टिप्पणी गरेको थियो । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया