करिश्माले किन आँखाको सर्जरी गर्ने निर्णय गरिन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, १८ भाद्र

काठमाडौं, १८ भदौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने भएकी छन् । नेपालमै अन्तराष्ट्रियस्तरको ‘आई कस्मेटिक सर्जरी’ सेवा उपलब्ध भएकाले यस्तो निर्णय गरेकी हुन् ।

ललितपुरको कुपण्डोलस्थित नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिक उत्सबमा अतिथि बनेर पुगेकी करिश्माले आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् ।

‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिएँ’ उनले भनिन्, ‘तर, बैंककमा गर्नुपर्ने सर्जरी त्योभन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिएकी हुँ ।’
अभिनेत्री करिश्माले सातौं वार्षिक उत्सब समारोहको उद्घाटन गर्दै भनिन्, ‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारलाई यो प्रविधि अझ उपयुक्त हुने भएको छ ।’

सात वर्षदेखि आँखासम्बन्धि सबै समस्या र आँखासहित अन्तर्राष्ट्रिय गुणस्तरको कस्मेटिक सर्जरी आफुहरुले गर्दै आएको सेन्टरकी अध्यक्ष एवं डा. पुजा राजभण्डारीले बताइन् । आफुहरुले प्रदान गर्ने सेवाबारे उनले भनिन्, ‘आँखाबाट निरन्तर आँशु वा पिप बग्ने समस्याको उपचार गर्ने, आँखाको वरीपरीको बोसो, मुसा, मासुको डल्ला, ट्युमर हटाउने, आँखाको झिल्ली बाहिर भित्र फर्केको उपचार गर्ने, आँखाको ढकनी तलझरेको उपचार गर्ने, आँखाको मुन्द्री बनाउने, मँगोलियन आईलिड सर्जरी गर्ने जस्ता सेवा हामीले दिएका छौं ।’

आँखाको बोसो हटाउने, आईब्रो लिफ्टिङ गर्ने, गाला लिफ्टिङ गर्ने, अनुहारको चाउरीपना हटाउने, रोगका कारण आँखा साना ठुला भएकाहरुको उपचार कस्मेटिक आई सर्जरीबाट हुने उनको भनाइ छ ।

यस्तै, सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आफुहरुले बिदेशमा दिने आँखाको कस्मेटिक सर्जरीसम्बन्धि सबै सेवा दिएकाले यो सेवाका लागि नेपालीहरु बिदेश जानेक्रम निकै कम भएको बताए । ‘बैंकक पुगेर यही सेवाको लागि जति खर्च लाग्छ, त्यसको एक चौथाई खर्चमा हामी यहाँ आई कस्मेटिक सर्जरी गर्छौं’ उनले भने ।

प्रतिक्रिया