तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन: प्रधानमन्त्री देउवा
अखबार टुडे
प्रकाशित:
२०७९, १७ भाद्र

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

शुक्रबार ६९ औँ वाणिज्य दिवसको अवसरमा बोल्दै उनले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्नुपर्ने बताए ।

उनले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गरे । उनले भने, ‘विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन । राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ ।’

प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए । प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिवद्ध रहेको पनि बताए ।

प्रतिक्रिया