विमलेन्द्र निधि समानुपातिकमा सिफारिस
प्रकाशित:
२०७९, १७ भाद्र

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि समानुपातिमा सिफारिस भएका छन् ।
धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको हो ।
अघिल्लो पटकको निर्वाचनमा लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका निधि यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका छन् ।
लोसपाका राजेन्द्र महतो पुनः धनुषा ३ बाट उम्मेदवारी दिने तयारीमा छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार