बन्दुक नपड्किएपछि बाँचिन् अर्जेन्टिनाका उपराष्ट्रपति (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७९, १७ भाद्र

काठमाडौं, १७ भदौ । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज हत्या प्रयासबाट जोगिएका छन् ।

बिहीबार राति भएको घटनामा उनीमाथि बन्दुक तेर्साएपनि उक्त बन्दुक ‘जाम’ भएकोले उनी बच्न सफल भएकी हुन् । प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बीबीसीले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेट डे किर्चनर घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी बेला भीडबाट निस्किएको एक अज्ञात व्यक्तिले उनको अनुहार ताकेर हातेबन्दुक प्रहार गर्न खोजेजस्तो देखाएको जनाएको छ ।

सञ्जालमा पोस्ट गरेको भिडियोमा पनि एक व्यक्तिले उपराष्ट्रपतिको शरीरमा जोडेर बन्दुक प्रहार गर्न खोजेजस्तो देखिन्छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बन्दुकमा पाँचवटा गोली भरिएको तर गोली चलाउँदा बन्दुक नपड्किएको बताइन् ।

अर्जेन्टिनाका सुरक्षामन्त्री अगुस्टिन रोसीले स्थानीय समाचार च्यानल सीफाइभएन लाई घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनले भने, ‘आक्रमणकारीले उपराष्ट्रपतिको अनुहार नजिकै बन्दुक राखेका थिए । घटनाका क्रममा अराजकता भएको थियो । संदिग्ध व्यक्ति क्रिस्टिनाको अगाडि देखा पर्ने बित्तिकै उनका सुरक्षा गार्डहरू सक्रिय भए ।’

स्थानीय सञ्चार माध्यमहरूका अनुसार आफूलाई ब्राजिलियन भनेर चिनाउने एक युवकलाई प्रकाउ गरेको प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले आक्रमणको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

उपराष्ट्रपति अहिले भ्रष्टाचारको मुद्दा खेपिरहेकी छिन् । यो घटना घट्दा उनी अदालतबाट घर फर्कंदै थिइन् । उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् ।

बिहीबार राति राष्ट्रलाई सम्बोधन गर्दै फर्नान्डेजले आक्रमणकारीको निन्दा गरे र सन् १९८३ मा लोकतन्त्र फर्किएपछि कै सबैभन्दा गम्भीर घटनाको रूपमा यसलाई चित्रित गरे ।

‘हामी असहमत हुन सक्छौं, हामीसँग गहिरो असहमति हुन सक्छ, तर ‘हेट स्पीच’ दिनु हुँदैन किनभने यसले हिंसालाई जन्म दिन्छ र लोकतन्त्रसँग हिंसाको कुनै सम्भावना छैन,’ फर्नान्डेजले भने ।

प्रतिक्रिया