काठमाडौं, १६ भदौ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।
ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित अभियानको घोषणा समारोहमा साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको हो ।
उनीहरु नेपालको झण्डा ओढेर सार्वजनिक भएका थिए । यसको नेतृत्व सुमन सायमीले गरेका छन् ।
सायमी यसअघि वैशाख ३० को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा लडेका थिए । उनले आँखीझ्याल चुनाव चिन्ह पाएका थिए ।
स्वतन्त्र उम्मेदवारहरु को कहाँबाट चुवान लड्दैछन् ?
प्रतिनिधिसभामा
मधुसुदन पाठक ‘सिते बा’ – काठमाडौं–५
विद्या श्रेष्ठ महर्जन– काठमाडौं–९
ई. रोहन कार्की– काठमाडौं– २
राजाराम तण्डुकार– ललितपुर–३
भिष्म राना– रुपन्देही–५
सुमन सायमी –काठमाडौं– ८
द¥हो स्तम्भ लोकेन्द्र– भक्तपुर–२
प्रदेशसभामा
गजेन्द्रकुमार भगत– उदयपुर– १ (क)
विनोद बजगाईँ– काठमाडौं– २ (क)
अनिलकुमार पाण्डे– महोत्तरी–२ (ख)
विजय कालिकोटे– सुनसरी १ (क)