आइएमएफले श्रीलंकालाई २.९ अर्ब डलर ऋण दिने
अखबार टुडे
प्रकाशित:
२०७९, १६ भाद्र

काठमाडौं, १६ भदौ (एजेन्सी) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलंकालाई २.९ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ ।

श्रीलंका भ्रमणमा रहेक आइएमएफको टोली र श्रीलंकाका अधिकारीबीच श्रीलंकाली अर्थतन्त्रलाई उकास्नका लागि ४८ महिनासम्म उक्त ऋण दिने सहमति भएको हो ।

यो सहमतिलाई स्टाफ लेभलको भनिएको छ । अब आइएमएफको कार्यकारी बोर्डले यो सहमतिलाई अनुमोदन गर्नुपर्नेछ । यो ऋणअन्तर्गतको रकम श्रीलंकाले अर्थतन्त्र सुधारमा लगाउनु पर्नेछ ।

सन् १९४८ पछि सबैभन्दा ठूलो आर्थकि संकटसँग जुधिरहेको श्रीलंकाले आइएमएफबाट ३ अर्ब डलर ऋणको अपेक्षा गरेको थियो । आर्थिक संकटपछि श्रीलंकामा राजनीतिक संकट चुलिएको थियो ।

गत असारमा श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपति भवनमा कब्जा जमाएका थिए । देश छोडेर भागेका तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षे माल्दिभ्स, सिंगापुर हुँदै अहिले थाइल्यान्ड पुगेका छन् ।

विदेशी मुद्राको अभाव हुँदा श्रीलंकाले अन्तर्राष्ट्रिय समुदायको ऋण तिर्न सकेको छैन भने दैनिक उपभोग्य वस्तुको आयात पनि रोकिएको छ ।

प्रतिक्रिया