कैलाली-५ बाट आरजु राणाको एकल नाम सिफारिस
अखबार टुडे
प्रकाशित:
२०७९, १६ भाद्र

कैलाली, १६ भदौ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नं. ५ बाट सर्वसम्मत सिफारिस भएकी छन् ।

बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–५ बाट नेतृ राणको नाम सर्वसम्मत एकल उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार नारदमुनि रानासँग पाँच हजार बढी मतान्तरले पराजित भएकी राणा फेरी रानासँगै चुनावी मैदानमा उत्रिने भएकी हुन् ।

राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।

त्यसै गरी संघिय समानुपातिकका लागि पनि महिला तर्फबाट जीवन राना सर्वसम्मत एकल उम्मेदवार बनेकी छन् । उनी अघिल्लो पटक एमाले उम्मेदवार नेपालु चौधरीसँग प्रत्यक्षमा पराजित भएकी थिइन् ।

प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकमा सर्वसम्मत भएपनि प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा भने दुई दर्जन बढीले दाबी गरेका छन् ।

प्रतिक्रिया