सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे राज्यमन्त्री चौधरीलाई
अखबार टुडे
प्रकाशित:
२०७९, १५ भाद्र

धनगढी, १५ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् ।

उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् । चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाइएको भट्टका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।

प्रदेश कमिटि सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउन बुधबार कञ्चनपुर पुगेका छन् । त्यस क्रममा चौधरी पार्टी प्रवेश गर्ने तयारी गरेका छन् ।

उनीसँगै निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, नेता वीरबहादुर बुढाथोकी लगायतका नेता एकीकृत समाजवादी त्यगेर पुनः एमालेमा फर्कदैछन् ।

यस्तै माओवादी केन्द्रबाट पनि नेता शङ्कर दत्त जोशी, मोहन गिरि लगायतका नेताहरू एमाले प्रवेश गर्दैछन् ।

प्रतिक्रिया