नेपालको वरीयता खस्कियो, टी-२० विश्वकपमा सिधै छनोटको सम्भावना कठिन
अखबार टुडे
प्रकाशित:
२०७९, १५ भाद्र

काठमाडौं, १५ भदौ । नेपालले केन्याविरूद्धको टी–२० सिसिज जिते पनि बरीयता खस्केको छ ।

नेपालले केन्याविरूद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले आफ्नो पक्षमा पारे थियो । केन्याविरुद्धको टी–२० सिरिजमा नेपालले पहिलो खेल ५ विकेट, तेस्रो खेल ४ विकेट र पाँचौ तथा निर्णायक खेल ३१ रनले जितेको थियो । नेपाल दोस्रो खेलमा १८ रन र चौथो खेलमा ७ रनले पराजित भएको थियो ।

तर, खवरीयतामा आफूभन्दा तल रहेको केन्यासँग दुई खेल गुमाउँदा नेपाललाई वरीयतामा घाटा परेको हो ।

यसअघि वरीयतामा १५औं स्थानमा रहेको नेपाल अब १६औं स्थानमा झरेको छ । वरीयता खस्केसँगै आइसिसी टी–२० विश्वकप २०२४ मा सिधा छनोटका लागि नेपालको सम्भावना लगभग सकिएको छ ।

वरीयताको १२औं स्थानसम्म रहने टिमको सिधा विश्वकपमा छनोट हुने सम्भावना रहन्छ । वरियता २०२२ नोभेम्बर १४ सम्मको लाई आधार मानिनेछ । २०२४ को टि२० विश्वकप वेस्टइन्डिज र अमेरिकामा हुँदैछ ।

नेपालले केन्यासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । सिरिज पर्सीदेखि सुरु हुनेछ ।

प्रतिक्रिया