लगातार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, १५ भाद्र

काठमाडौं, १५ भदौ । सुन चाँदी बाजारमा आज दुवैको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ओरालो लागेको यो लगातार पाँचौं दिन हो ।

महासंघका अनुसार भदौ ९ यता सुनको मूल्य निरन्तर घटेको छ । आज सूनको मूल्य तोलमा ८ सय रुपैयाँले घटेर छापावाल सनुको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सनुको मूल्य ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार ९४ हजार ८ सय रुपैयाँमा छापावाल, ९४ हजार ३ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य घटेर तोलामा १ हजार १३० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि ९ भदौयता निरन्तर ओरालो लागेको छ । त्यसयता चाँदीको मूल्य भदौ १५ मा आइपुग्दा ४५ रुपैयाँले घटेर एक हजार १३० रुपैयाँमा आइपुगेको छ ।

प्रतिक्रिया