बन्द कोठाभित्र जबरासँग बयान लिन सुरु
अखबार टुडे
प्रकाशित:
२०७९, १५ भाद्र

काठमाडौं, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ ।
जबरासँग २ घण्टापछि बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो ।

यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिने काम सुरु गर्न ढिलाइ भएको थियो ।

आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा ११ बजे नै सिंहदरबार पुगेका थिए ।

यसअघि समितिले राणा विरूद्धका प्रमाण मागेको थियो । नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले विभिन्न प्रमाण कागज र सञ्चार माध्यमहरूमा आएका समाचारका लिंकहरू महाअभियोगको प्रमाणको रूपमा पेश गरेका थिए ।

सत्तारूढ दलले २१ आरोपसहित राणाविरूद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।

राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन् ।

प्रतिक्रिया