दाङमा चट्याङ लागेर २ जनाको मृत्यु, १३ घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, १५ भाद्र

दाङ, १५ भदौ । दाङमा नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका –१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १३ जना घाइते भएका छन् । जसमध्ये दुई जना गम्भीर घाइते भएका छन् ।

तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको डीएसपी राजनकुमार गौतमले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया