चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १४ भाद्र

रौतहट, १४ भदौ । चट्याङ लागेर रौतहटमा एउटै गाउँका तीन जना महिलाको ज्यान गएको छ ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका-३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको ज्यान गएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनीया देवी,७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेका छन् ।

मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए ।

प्रतिक्रिया