उडानको क्रममा ककपिटभित्र दुई पाइलटबीच कुटाकुट खेलेपछि…
अखबार टुडे
प्रकाशित:
२०७९, १३ भाद्र

काठमाडौं, १३ भदौ (एजेन्सी) । जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा एयर फ्रान्सका दुई जना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ ।

विवादले उडानमा भने कुनै समस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिएका छन् । उनले आफ्नो एयरलाइन्स यात्रुको सुरक्षाका लागि प्रतिबद्ध रहेको र विमान सामान्य रूपमा आफ्नो गन्तव्यमा पुगेको बताए ।

कुटाकुट गरेपछि कम्पनीले उनीहरुलाई निलम्बित गरेको बताइएको छ । स्वीस ला ट्रिब्युन डेलीका अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै विवाद सुरु भएको थियो । यस क्रममा उनीहरूले एकअर्काको सर्टको कलर समात्नेदेखि मुक्का समेत बर्साएका थिए ।

विवादपछि क्याबिन क्रूको सदस्यले उनीहरूलाई छुट्टाएका थिए । र, उडान अवधिभर उनी ककपिटमा नै बसेका थिए । बुधबार फ्रान्सको एयर इन्भेस्टिगेसन एजेन्सी (बीईए) ले रिपोर्ट प्रकाशन गरेपछि यसबारे जानकारी बाहिर आएको हो ।

प्रतिक्रिया