कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
अखबार टुडे
प्रकाशित:
२०७९, १३ भाद्र

काठमाडौं, १३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार कमेडियन सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार अनुमति दिएको हो ।

नेवा समुदायको आस्थामाथि चोट पु¥याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध कारबाही गर्न माग गर्दै अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए ।

जाहेरीपछि आइतबार सिंहलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सिंहमाथि जाहेरी अनुसार नै अनुसन्धान थालेको परिसरले जनाएको छ ।

गत शुक्रबार युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ हालिएको थियो । जसमा नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका छन् ।

भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । विरोध भएपछि सिंहले सो भिडिओ युट्युब च्यानलबाट हटाइसकेका छन् । उनले शनिबार नै फेसबुकमार्फत् माफी मागेका थिए ।

प्रतिक्रिया