त्रिविको समस्या तत्काल समाधान गर्न सभामुख सापकोटाको रुलिङ
अखबार टुडे
प्रकाशित:
२०७९, १३ भाद्र

काठमाडौं, १३ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेका थिए ।

उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

लामो समयदेखि त्रिविमा लागेको तालाबारे उपकुलपतिसहितको जवाफ मागेका सांसद ज्ञवालीले समस्या समाधानमा सरकारले पहल नगरेको आरोप लगाए । समस्या समाधानका लागि रुलिङ जारी नभए बैठक चल्न नसक्नेसमेत चेतावनी दिए ।

प्रतिक्रिया