ओली र रवीन्द्र मिश्रबीच भेटवार्ता, एकमुठी सिक्का उपहार
अखबार टुडे
प्रकाशित:
२०७९, १३ भाद्र

काठमाडौं, १३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आइतबार साँझ ६ बजेपछि ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

भेटका क्रममा साढे दुई घण्टा छलफल मिश्रले जानकारी दिए । उनका अनुसार राजसंस्थाको आवश्यकता लगायतका विषयमा छलफल भएको र अन्तमा ओलीले चुच्चे नक्सा अंकित सिक्का उपहार दिएको मिश्रले जानकारी दिएका छन् ।

‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’ मिश्रले लेखेका छन् ।

भेटको अन्त्यमा ओलीले नेपालको चुच्चे नक्सा अंकित एक र दुई रुपैयाँका एक मुठी सिक्का उपहार दिएको मिश्रले उल्लेख गरेका छन् ।

प्रतिक्रिया