पशुपति मन्दिर वरपर मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक
प्रकाशित:
२०७९, १३ भाद्र
काठमाडौं, १३ भदौ । पाशुपति मन्दिर वरपर मासु तथा मदिरालगायत बिक्री वितरण र सेवन गर्न नपाइने भएको छ ।
तीजलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत सोमबारदेखि नै लागू हुने गरी चारकिल्ला तोकेर मासु, मदिरालगायत बेचबिखन तथा सेवनमा रोक लगाएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जारी गरेको सूचनामा धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो नियम लगाइएको उल्लेख गरेका छन् ।
तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ । कसैले यो सूचना उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयको छ ।
प्रतिक्रिया