हुबहु पारित भएको नागरिकता विधेयकमाथि विधायन व्यवस्थापन समितिमा छलफल हुने
अखबार टुडे
प्रकाशित:
२०७९, १२ भाद्र

काठमाडौं, १२ भदौ । प्रतिनिधिसभाबाट हुबहु पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभाले विधयान व्यवस्थापन समितिमा पठाएको छ ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यो विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ ।

समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ । अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै बैठकमा विधेयक अगाडि बढाउन सकिन्छ ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते अपरान्ह ३ बजे बस्ने गरी स्थगित भएको छ ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले १५ बुँदे सन्देशसहित पुनः संसदमै फिर्ता पठाएकी थिइन् । तर गत भदौ २ मा नागरिकता विधेयक हुबहु पुनः पारित भएको थियो ।

प्रतिक्रिया