महानगरले भत्कायो रत्नपार्कस्थित सब-वेमा बनेको अनधिकृत संरचना
प्रकाशित:
२०७९, १२ भाद्र

काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित सव–वे मा बनेको अनधिकृत संरचना भत्काएको छ ।
पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काएको हो ।
महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपचि भत्काउन लागिएको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ । यो सब–वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् ।
ती सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ । अहिले नगर प्रहरी टोलीले तीन वटा सटरहरू भत्काउँदै छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
