प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको लोकप्रिय नेताको सूचीमा
अखबार टुडे
प्रकाशित:
२०७९, १२ भाद्र

नयाँदिल्ली, १२ भदौ (एजेन्सी) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वकै सबैभन्दा लोकप्रिय नेताको सूचीमा परेका छन् ।

प्रधानमन्त्री मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित पुनः विश्वको सबैभन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा परेका हुन् ।

मर्निङ कन्सल्टेन्सी सर्भेकाअनुसार प्रधानमन्त्री मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर र इटालीका प्रधानमन्त्री मारियो ड्राघी क्रमशः ६३ र ५४ प्रतिशत अनुमोदन दरसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

२२ विश्व नेताहरूलाई समावेश गरिएको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ४१ प्रतिशत रेटिङका साथ पाँचौं स्थानमा छन् । सर्वेक्षणअनुसार क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो ३९ प्रतिशत र जापानी प्रधानमन्त्री फुमियो किशिदा ३८ प्रतिशत अनुमोदन दरसहित छैटौं र सातौं स्थानमा छन् ।

सर्वेक्षणका लागि अष्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, जर्मनी, भारत, मेक्सिको, नेदरल्यान्ड्स, दक्षिण कोरिया, स्पेन, स्वीडेन र संयुक्त राज्य अमेरिकाका नेताहरूको अनुमोदन दर पच्छ्याइएको छ ।

यसअघि जनवरी २०२२ र नोभेम्बर २०२१ मा पनि मोदी विश्वका सबैभन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा थिए ।

प्रतिक्रिया