‘सोल अफ द कमाण्डो’को आज बेलायतमा प्रिमियर शो हुँदै
अखबार टुडे
प्रकाशित:
२०७९, ११ भाद्र

काठमाडौं, ११ भदौं । चर्चित तेक्वान्दो खेलाडी एबं भूतपुर्ब ब्रिटिश आर्मी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर शो आज बेलायतमा रेड कार्पेटसहित हुने भएको छ ।

बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा आज शनिबार नेपाली सिने जगतका अधिकाशं चर्चित लोकप्रिय कलाकारहरुको बाक्लो उपस्थितिमा चलचित्रको प्रदर्शन गर्न लागिएको निमार्ण पक्षले जानकारी दिएको हो ।

रेड कार्पेट सहितको बिशेष प्रिमियर शोमा कलाकारहरुको साथै बेलायतमा रहेका बिशिष्ट ब्यक्तित्वहरुको पनि उपस्थिति रहने भएको छ । चलचित्रको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा पनी चलचित्रको प्रदर्शन गर्दै जाने चलचित्रका निमार्ता एबं कलाकार राजकुमार राईले बताए । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ ।

नेपाललगायत बिभिन्न देशमा समेत छायांकन गरिएको चलचित्र यो चलचित्रले नेपाली चलचित्रको क्षेत्रमा नयाँ आयाम ल्याउने बिश्वास आयोजक पक्षको रहेको छ । युवराज राई (वीरबहादुर)द्धारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ ।

चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु, पुर्ण लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया