जनप्रगतिशिल मञ्च युएईले दुबईमा भव्य तीज कार्यक्रम गर्दै
अखबार टुडे
प्रकाशित:
२०७९, ११ भाद्र

युएई, ११ भदौं । नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा भव्य तीज विशेष सांस्कृतिक धमाका २०७९ हुने भएको छ । आफ्नो कला संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम राखिएको आयोजकले बताएको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रवासमा रहेका सम्पूर्ण चेलीहरुलाई मनोरञ्जन गराउन कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्माले बताए ।

सेप्टेम्बर ४ तारिख आइतबारका दिन वर दुबईमा रहेको होटल अष्ट्रोरियामा राष्ट्रियस्तरका कलाकारहरुको साथमा भव्य तीज विशेष साँस्कृतिक कार्यक्रम हुने उनले बताए । कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रियस्तरका चर्चित कलाकारहरू आउने भएको छ ।

प्रवासमा रहेका नेपाली चेलीहरुलाई मनोरञ्जन दिन सेप्टेम्बर ४ तारिख आईतबारका दिन वर दुबईको अष्ट्रोरिया होटलमा तीज विशेष सास्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका महासचिव दामोदरसिंह ठगुन्नाले जानकारी दिए ।

कार्यक्रममा युएईका बिभिन्न राज्यबाट एक हजार भन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको ठगुन्नाले बताए । कार्यक्रममा सयौं प्रगतिशिल गीत गाएका जनगायकको रुपमा चर्चित गायक जीवन शर्मा, चर्चित कलाकारहरु विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर र भ्वाईस किड्सका बिजेता चर्चित गायक जेनिस उप्रेती लगायतका कलाकारहरु आउने कार्यक्रमका संयोजक नबीन दोङ्ले जानकारी दिए ।

नेपालबाट आउने कलाकारबाहेक दुबईमा रहेका कलाकारहरुको पनि प्रस्तुति रहने दोङ्ले जनाए । कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको दोङ्ले बताए ।

प्रतिक्रिया