अल्फाबिटाको अनधिकृत संरचनामा चल्यो महानगरको डोजर
अखबार टुडे
प्रकाशित:
२०७९, ९ भाद्र

काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसको अनधिकृत संरचनामा डोजर चलाएको छ ।

अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काएको हो ।

अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए ।

यसअघि विहान बानेश्वर क्षेत्रको अनुगमनमा पुगेका उनले अल्फाबिटामा अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको जिकिर गरेका थिए ।

अल्फा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर गरेको छ । नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चचालन गरेको ठहर गरेको हो ।

प्रतिक्रिया