गीतकार हरि गोपाल र डा. सरिशाले राखे ‘विश्व कीर्तिमान’
अखबार टुडे
प्रकाशित:
२०७९, ९ भाद्र

काठमाडौं, ९ भदौं । बरिष्ठ गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२)ले सारङ्कोट, पोखरामा प्याराग्लाइडिङ गरी आफ्नो सांगीतिक एल्बल ‘सरर बग्यो हावा सरर’ विमोचन गरे ‘विश्व कीर्तिमान’ कायम गरेका छन् ।

आकाशमा १९०० मिटरको उचाईमा पोष्टर तथा गीतका रचनाकार प्रधान, नायिका डा. सरिशा श्रेष्ठलगायत गायक तथा नायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान, ज्येष्ठ नागरिक अभियन्ता आरती पौडेलले एकैसाथ आकाशमा गत बैशाख २८ गते विहान १०ः३० बजे बिमोचन गरेका थिए । उक्त कार्यक्रममा ‘वल्र्ड बुक अफ रेकर्डस्’को तर्फबाट नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वालको उपस्थिति रहेको थियो ।

महाराज कुमार साहिव लक्ष्यराजजी सिंह मेवार, उदयपुर, डा. किरण वेदी (भारतको प्रथम महिला आइपीएस), विलहेम जेज्लर (प्रमुख, वल्र्ड बुक अफ रेकर्डस्, युरोप), सन्तोष शुक्ला, प्रमुख कार्यकारी अधिकृत, वल्र्ड बुक अफ रेकर्डस्, सागर कट्वाल, अध्यक्ष, वल्र्ड बुक अफ रेकर्डस्, नेपाल च्याप्टरको संयुक्त बाहुलीबाट विश्व कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधान र नायिका डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२)लाई भारतको इन्दौरस्थित जे डब्लू मेरिएट होटलमा आयोजित समारोहबीच ‘वल्र्ड बुक अफ रेकर्डस्’ विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा डा. किरण वेदीले संसारकै उच्च स्थान नेपालमा रहेको र नेपालीहरुले अलौकिक कार्य गरेर पुनः नेपालको नाम उच्च स्थानमा पु¥याउन सफल भएको भन्दै एल्बमका सबै टिमलाई बधाई दिएका थिए ।

वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वालले वरिष्ठ गीतकार हरि गोपाल प्रधान र अन्य टिमको अथक मेहनत र प्रयासबाट यो रेकर्ड राख्न सफल भएको भन्दै हरेक पाइलामा साथ दिने प्रतिवद्धता जनाएका छन् । साथै गीतकार हरि गोपाल प्रधानले सबैको साथ सहयोगका कारण आफूले विश्व रेकर्ड राख्न सफल भएको बताए ।

उक्त कार्यक्रममा हिपहप गायक तथा नायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान र नायिका डा. सरिशा श्रेष्ठ, सिनेमाटोग्राफर÷सम्पादक सोहन मानन्धर तथा कोरियोग्राफी एवं निर्देशक आराध्यलक्ष्मी ख्डगी रहेका थिए ।

एल्बममा गायिका सरिता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर अमूल कार्की ढली, रेकर्डिस दीप तुलाधर, फोटोपत्रकार पद्यमसागर कक्षपति, जर्नादन अर्याल, ड्रेस डिजाइनर तुल्सी प्रजापति, कुसुम श्रेष्ठ, मोडल कलाकार विविता पाण्डे, श्रीकृति बलामी, निरिस्मा डली, झरना रेग्मी, सुनिता खड्का, कृति बलामी, एरेन्जमेन्टमा बालकृष्ण थारु, प्रोडक्सन मेनेजर निकेश सुवेदी, सागर श्रेष्ठ र निर्माता शब्दयात्रा प्रकाशन, बनेपा रहेका छन् ।

हरि गोपाल प्रधान वरिष्ठ पत्रकार÷फोटो पत्रकार साहित्यकार एवं समाजसेवी समेत हुन् । उनले दोश्रोपटक विश्व कीर्तिमान राख्न सफल हुन् ।

प्रतिक्रिया