न्यान्सी पेलोसीका पतिले रक्सी पिएर गाडी चलाएपछि…
अखबार टुडे
प्रकाशित:
२०७९, ८ भाद्र

वासिङटन, ८ भदौ (एजेन्सी) । अमेरिकाको प्रतिनिधि सभाकी अध्यक्ष न्यान्सी पेलोसीका पतिले रक्सी खाएर गाडी चलाएको आरोपमा जेल सजाय सुनाइएको छ ।

उनलाई पाँच दिनको सजाय सुनाइएको हो । पाल पेलोसी आफैंले मे २०२२ मा रक्सी पिएर गाडी चलाएको कारण दुर्घटना भएको कुरा स्वीकारेका छन् ।

८२ वर्षीय पल पेलोसी जेलमा भने बस्नुपर्ने छैन । उनी दुर्घटनाको रात २८ मे २०२२ मा जेलमा बसेका थिए । सो दिनलाई अदालतले दुई दिनको कैद मानेको छ ।

यस बाहेक उनको असल व्यवहारलाई ध्यानमा राख्दै दुई दिनको कैद मिनाहा गरेको छ । अन्तिम दिनको सजायस्वरुप आठ घण्टा सामुदायिक सेवामा लाग्नुपर्ने भएको छ ।

मंगलबारको सुनुवाइमा पल पेलोसी अदालतमा उपस्थित थिएनन् । पल पेलोसी आफ्नो पुरानो साथीलाई भेट्न घरबाट निस्केका बेला क्यालिफोर्नियाको ओकभिलमा राति दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार उनले आफ्नो कालो रंगको पोर्शे कारलाई घर नजिकै पार्किङ गरिएको जीपमा ठोक्काए । दुर्घटनामा दुवै सवारी साधन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

प्रतिक्रिया