यस्ता छन् एभोकार्डो खाँदा शरीरलाई हुने फाइदाहरु
अखबार टुडे
प्रकाशित:
२०७९, ८ भाद्र

काठमाडौं, ८ भदौं (एजेन्सी) । नेपालमा पाइने थुप्रै फलमध्ये हो, एभोकार्डो । पछिल्लो समय यो फल नेपालमा उपभोग गर्ने चलन बढ्दै गएको छ । यो फल पाचनप्रणालीदेखि लिएर डिप्रेरसन र क्यान्सर रोगीलाई समेत फाइदाकर मानिँदै आएको छ ।
यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ । एभोकार्डोले मोटोपन, मधुमेह, मुटुको रोग घटाउन पनि सहयोग गर्छ । यस फल खाँदा स्वास्थ्यलाई निम्न फाइदा हुन्छ ।

पोषिलो फल : एभोकार्डोमा भिटामिन र खनिज तत्व पर्याप्त मात्रामा पाइन्छ। एभोकार्डौको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ । एउटा एभोकार्डौमा ६४ क्यालोरी हुन्छ । जसमा ६ ग्राम चिल्लो, ३.४ ग्राम कार्बोहाइडे«ेट, एक ग्रामभन्दा कम चिनी र ३ ग्राम फाइवर हुन्छ । एभोकार्डोमा भिटामिन ‘सी, ई, के, बी’ पाइन्छ । राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ ।

बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ । एभोकार्डो पूर्ण रुपमा स्वास्थ्यवर्धक मानिन्छ । यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्छ । एउटा एभोकार्डोमा २५ मिलिग्राम चिल्लो हुन्छ । यसलाई बेटा–सिस्टेरोल भनिन्छ । यसमा रहेको चिल्लो पदार्थ स्वस्थवर्धक मानिन्छ । एभोकार्डो नियमित खाएमा रगतमा भएको कोलस्ट्रोललाई सन्तुलन राख्न सहयोग पुग्छ ।

दृष्टि क्षमता बढाउँछ : एभोकार्डोमा लुटिन र जियाक्जाथिन गरी दुई रसायन पाइन्छ । यी रसायनले आँखाको कोषमा एन्टिअक्सिडेन्टविरुद्ध सुरक्षा प्रदान गर्छन् । यी रसायनले आँखाका कोषिकालाई नष्ट हुनबाट बचाउँछन् र अल्टाभाइलेट प्रकाश प्रदान गर्छन् । घुँडा दुख्ने रोगबाट बचाउँछः एभोकार्डोमा पाइने भिटामिन ‘के’ हड्डी स्वास्थ्यका लागि अतिलाभदायी मानिन्छ । दैनिक आधा एभोकार्डो खाने हो भने पनि २५ प्रतिशत भिटामिन ‘के’ प्राप्त हुन्छ ।

क्यान्सरबाट बच्न सकिन्छ ः पर्याप्त मात्रामा यो फलको प्रयोगले आन्द्रा, पेट, प्याङ्क्रियाज र पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने दाबी गरिएको छ । अनुसनधानकर्ता कुरामा विश्वास गर्छन् कि यसमा रहेको ‘फोलेट’ तत्वले अनावश्यक सेल बढ्न दिँदैन ।

क्यान्सर लाग्न नदिन र क्यान्सर लागिसकेपछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ । केही अनुसन्धानकर्ताका अनुसार यसमा रहेको फिटोकेमिकलले बढ्न लागेका क्यान्सरका कोषलाई रोक्छ ।

गर्भपतन रोक्छ : आमाको दूध खाने र गर्भमा रहेका शिशुका लागि फोलेट अनिवार्य पर्छ । एभोकार्डो नियमित सेवन गरेमा पोषणको कमीले हुने गर्भपतन हुँदैन । एमसी गिल विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार ३० प्रतिशत गर्भपतन गर्भावस्थामा हुने फोलेटको कमीले हुन्छ ।

डिप्रेसनको जोखिम कम गर्छ : यो फलमा उच्च मात्रामा रहेको फोलेट तत्वले डिपे्रसन हुनबाट बचाउन सक्छ । किनकि फोलेटले होमोसिस्टाइन उत्पादन गरी मस्तिष्कमा पठाउँछ । यसले मस्तिष्कमा हुने सेरोटोनिनी, डोपामिन र नोरेनिफाइन प्रभावित गर्छ । जसले थकान, निद्रा र मुडलाई नियन्त्रणमा राख्छ ।

पाचन प्रक्रियामा सहयोगी : एभोकार्डोमा पर्याप्त मात्रामा फाइवर, क्रिमजस्ता तत्व पाइन्छन् । फाइवरयुक्त खानाले कब्जियत हुन दिँदैन र पाचनप्रणाली चुस्त बनाउँछ । पाचन प्रणाली राम्रो हुँदा आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ ।

शरीरबाट विकार हटाउँछ : एभोकार्डो नियमित सेवन गर्दा प्राकृतिक रुपमै शरीरमा भएको विकार निर्मलीकरण गर्छ । यसको सेवनले शरीरमा रहेको दूषित रसायन दिसा या पिसावको माध्यमबाट बाहिर निस्कन्छ ।

बाथको उपचार : यसमा पाइने ‘स्याप्नोनिन्स’ले गठियाबाथको उपचारको काम गर्छ । यसको नियमित सेवनले गठियाबाथको कारण हुने दुखाइ पनि कम गर्छ ।

प्रतिक्रिया