डा. आयुष्नोभालाई ‘क्रिटिक्स अवार्ड’
अखबार टुडे
प्रकाशित:
२०७९, ७ भाद्र

काठमाडौं, ७ भदौं । अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेको ‘मिस युनिभर्स नेपाल–२०२२’को फाइनलमा रहेकी डा. आयुष्नोभा ढुंगानालाई नेपाली फिल्म ‘डाक्टर खाते’बाटसब टाईटलतर्फ ‘क्रिटिक्स अवार्ड’ जितेकी छन् ।

उत्कृष्ट ३९ बाट विभिन्न राउन्ड हुँदै फाइलनमा पुगेकी डा. अनुष्नोभा काठमाडौंमा सम्पन्न दोश्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२२ मा सबैभन्दा कम उमेरमा स्क्रिप्ट राईटिङ लेखेर यो अवार्ड हासिल गरेकी हुन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आयुष्नोभाको अवार्ड उनी आमा तथा अभिनेत्री रोशनी केसीले ग्रहण गरिन् । आफु मिस युनिभर्स नेपाल २०२२ को क्लोज क्याम्पमा भएका कारण अवार्ड ग्रहण गर्न नसकेको जानकारी गराउँदै आयुष्नोभाले सो अवार्डले पाएकामा खुसी व्यक्त गरिन् ।

मिस युनिभर्स नेपाल २०२२ को चयन ९ भदौमा भएको छ । यो प्रतियोगिताको कोरियोग्राफी अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले गरिरहेका छन् । मिस युनभिर्स नेपाल बिजेताले नेपालबाट ७१ औं मिस युनिभर्स २०२२ मा भाग लिन पाउने बताइएको छ । साथै विजेता १० लाख रुपैयाँ नगद र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले बताएकी छन् ।

प्रतिक्रिया